काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पनि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्यमा दुई सय ४० रुपैयाँले वृद्धि भएको छ । जस अनुसार आज सोमबार प्रतितोला चाँदीको मूल्य ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस