logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतमा गर्भवतीलाई कोरोनाविरुद्धको खोप लगाउने अनुमति

    भारतमा गर्भवतीलाई कोरोनाविरुद्धको खोप लगाउने अनुमति

    2.8K
    Shares

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई पनि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन अनुमति दिएको छ । मन्त्रालयले शुक्रबार नेश्नल टेक्निकल एडभाइजरी ग्रुप अन इम्यूनाइजेशनको सिफारिसलाई मञ्जुरी दिएको हो ।

    योसँगै भारतमा अब गर्भवतीले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका भारतीय संचारमाध्यमले जनाएका छन् । अब गर्भवतीले कोभिड एपमा पन्जीकरण गर्न सक्ने वा नजिकैको कोभिड सेन्टरमा जान सक्नेछन् ।

    गर्भवतीको लागि खोपसँग जोडिएको निर्देशिका राज्य र केन्द्र शासित प्रदेशबाट जारी हुनेछन् । कोरोना संक्रमणबाट गर्भवतीको स्वास्थ्यमा खराब असर परेको र उनीहरुमा गम्भीर समस्या बढेर भ्रुणमा पनि असर पर्ने देखिएको मन्त्रालयले जनाएको छ ।

    नयाँ नियमअनुसार अब गर्भवतीले देशमा पाइने कुनै पनि खोप गर्भावस्थाको कुनै पनि समयमा लगाउन सक्नेछन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend