logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • जम्मू-कश्मीरमा झडप : ६ को मृत्यु

    जम्मू-कश्मीरमा झडप : ६ को मृत्यु

    3.5K
    Shares

    जम्मू कश्मीरको पुलवामा चरमपन्थी र सुरक्षा बलबीच झडप हुँदा ६ जनाको मृत्यु भएको छ । 

    झडपमा परेर लश्कर ए तोयबाका पाँच चरमपन्थी र एक प्रहरी जवानको मृत्यु भएको कश्मीर जोन प्रहरीले जनाएको छ । झडपमा लश्कर ए तोयबाको जिल्ला कमाण्डर निशान्ज लोन खिताबको पनि मृत्यु भएको प्रहरीको दाबी छ । 

    झडपमा परेर प्रहरी जवान काशी रावको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कश्मीर प्रहरीका अनुसार पुलवाको हानजिन गाउँमा चरमपन्थी लुकेको खबर आएपछि सेना, प्रहरी र सीआरपीएम पुगेको थियो ।  

    पहिले चरमपन्थीले सुरक्षाबलमाथि गोली चलाएपछि जवाफी कारवार्ही गरेको प्रहरीले दाबी गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend