बलिउड अभिनेता अमिर खानको विवाह सम्बन्ध टुटेको छ ।
उनले श्रीमती किरण रावसँग १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् । सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरु सहमतिमै छुटिएका हुन्। अमिर र किरणको भेट चलचित्र लगानको सेटमा भएको थियो । किरण लगानको असिस्टेन्ट डाइरेक्टर थिइन् ।
अब दुवैले नयाँ जिन्दगीलाई अलग-अलग तरिकाले जिउने बताएका छन् ।
सम्बन्धविच्छेद भएपनि आगामी दिनमा समेत सहकार्य हुनसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ ।