बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमित पाँच लाखभन्दा कम

भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमित पाँच लाखभन्दा कम

काठमाडाैं । भारतमा  कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । 

सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ । सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ । 

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ । 

कुल सङ्क्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

यसरी हेर्दा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०६ प्रतिशत रहेको छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ । 
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend