आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

अमेरिकाकाे समुद्रमा खस्याे बोइङ ७३७ कार्गो विमान 

अमेरिकाकाे समुद्रमा खस्याे बोइङ ७३७ कार्गो विमान 

काठमाडाैं । अमेरिकामा एक विमान दुर्घटनामा परेकाे छ । २ जना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको समुन्द्री तटनजिकै झरेको हाे ।

उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको बीबीसीले उल्लेख गरेकाे छ । 

तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए । रोयटर्स समाचार संस्थाले जनाए अनुसार एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए ।

ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्‍याएर सघन उपचार कक्षमा राखिएको समाचारमा जनाइएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend