२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सात महिनामा हेटौँडा उपमहानगरद्वारा बाइस करोड पैतालिस लाख राजस्व सङ्कलन

बुधवार , फाल्गुण ६, २०८२

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमारु २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए ।

चालु आवको सात महिनामा सम्पत्ति करबाट रु पाँच करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट रु तीन करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट रु एक करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट रु एक करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट रु एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट रु एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त रु तीन करोड दुई लाख २३ हजार असुली भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट