logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

    पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

    2.1K
    Shares

    काठमाडौं । पेरुलाई पराजित गर्दै साविक बिजेता ब्राजिल ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार बिहान भएको सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो । 
    ब्राजिलको लागि लुकास पाक्केटाले विजयी गोल गरेका हुन् । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । समूह चरणमा भेट हुँदा ब्राजिलले पेरुलाई ४(० ले पराजित गरेको थियो ।

    ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend