२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

भोजपुरमा सेना बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते

बुधवार , फाल्गुण ६, २०८२

टक्सार (भोजपुर) । भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ । जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाैं पठाइएको नेपाली सेनाले जनाएको छ ।

जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट