२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

बिहिवार , फाल्गुण ७, २०८२

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दुर्घटना बुधबार राति भएको हो ।

भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।

सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन् । उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै तीनवटै मोटरसाइकल पनि कारबाहीका निम्ति खिचिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट