काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । मंगलबार सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार र सोमबार तोलको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेको छ ।
मंगलबार चाँदी तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।