बलिउडका चर्चित निर्देशक करण जोहरले पाँच वर्षपछि नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।
अभिनेता रणवीर सिंहको जन्मदिनमा जोहरले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्र ‘रक्की और रानी कि प्रेम कहानी’ को निर्देशन गर्न लागेको जोहरले घोषणा गरेका हुन् ।
उनले नयाँ चलचित्र निर्माणको घोषणा गर्दै केही बर्षपछि निर्देशनमा फर्कन पाउँदा खुशी लागेको बताएका छन् ।
जोहरका अनुसार पारिवारिक प्रेम कथामा आधारित चलचित्रमा रणवीर सिंह र आलिया भाटको मुख्य भूमिका रहनेछ । रणवीर र आलियाको जोडी यसअघि फिल्म ‘गुल्ली ब्वाई’मा देखिएको थियो ।
सन् २०२२ मा रिलिज हुने चलचित्र इसिता मोइत्रा, शंशाङ्क काइतन र सुमित रोयले लेखेका हुन् ।