२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

इनासको ११ औँ युरोप महादेशस्तरीय सम्मेलन बेल्जियममा हुने

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । यूरोप, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप महादेशस्तरीय (क्षेत्रीय) कार्यक्रम यहि अप्रिल महिनाको २४ र २५ तारिखका दिन हुने भएको छ । दुई दिनसम्म आयोजना गरिने कार्यक्रममा पहिलो दिन क्षेत्रीय सम्मेलन गरिने छ र दोश्रो दिन युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता हुने इनास युरोप क्षेत्रीय समन्वय समितिका संयोजक सुनिल गुरुङ र क्षेत्रीय संयोजक श्याम श्रेष्ठले जानकारी गराएका छन् ।

कार्यक्रमको पहिलो दिन युरोपमा रहेका इनासका राष्ट्रिय समितिहरुले एकवर्षसम्म गरेका काम–कारवाहिहरु र आउदो वर्षका लागि तय गरिएका कार्ययोजनाहरु समेटेर प्रतिवेदन प्रस्तुत गर्ने र त्यस उपर छलफल गरि कार्यपत्र तयार पार्ने गरिनेछ भने दोश्रो दिन महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता हुनेछ।

यस कार्यक्रममा युरोपस्थित नेपाली राजदूत, कूटनैतिक निकायका प्रतिनिधिहरु, विभिन्न संघ(संस्थाका प्रतिनिधिहरु, युरोपभित्र र अन्य महादेशमा रहेका इनास राष्ट्रिय समितिका पदाधिकारीहरु, पत्रकार, कलाकार र नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने व्यक्तित्वहरुको ठूलो सहभागिता रहने गरि योजना बनाइएको युरोप सहसंयोजक बिनिता रिमालले बताइन ।

ग्लोबल समितिको निर्देशन अनुसार युरोप क्षेत्रीय संयोजन समिति र क्षेत्रीय समितिसहित आयोजक राष्ट्रका हैसीयतले सम्पूर्ण टिम लागिपरेको जानकारी गराउदै उनले विश्वस्तरमा ठूलो चासोको रुपमा हेरिने यस कार्यक्रमलाई युरोपस्थित सबै राष्ट्रिय समितिहरु र विभिन्न सघसंस्थाहरुको सहयोग र सहकार्यमा सफलातापूर्वक सम्पन्न गर्ने अठोट व्यक्त गरिन ।

महादेशस्तरीय नृत्य र गायन प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुनेले क्रमशःआठ सय, पाँच सय र तीन सय युरो नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन । दुवै विधाका एक एक जना प्रतियोगीलाई विशेष पुरस्कार स्वरुप एकसय पचास यूरो नगद, विशेष ट्रफी र प्रमाण पत्र प्रदान गरिनुका साथै चलचित्र, म्यूजिक भिडियोमा अभिनय गर्ने तथा विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिने अवसर समेत पाउने बेल्जियममै बस्दै आएका इनासका ग्लोबल अध्यक्ष अर्जून काफ्लेले बताए।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने विजेताले युरोप महादेशका लागि इनासको अवैतनिक सांस्कृतिक दूतको रुपमा समेत काम गर्ने अवसर पाउनेछन । युरोप महादेशकै एउटा विशाल नेपाली कार्यक्रमको रुपमा हरेक वर्ष युरोपका विभिन्न देशरुमा आयोजना गरिने इनासको क्षेत्रीय कार्यक्रम गत वर्ष डेन्मार्कमा भएको थियो र त्यहिबेला ग्लोबल समितिले यस वर्ष आयोजना गर्ने जिम्मा बेल्जियम राष्ट्रिय समितिलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट