२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पोखरा विमानस्थल भ्रष्टाचारः तीन पूर्वसचिवसहित ५ आरोपितलाई साधारण तारिखमा छोड्न आदेश

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएका पाँच आरोपितलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।

अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार राति पूर्वसचिव मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदीलाई धरौटी नलिई साधारण तारिखमा रिहा गर्ने आदेश दिएको हो । आदेशअनुसार उनीहरू अब तारिखका दिन नियमित रूपमा अदालतमा उपस्थित भए पुग्नेछ ।

अदालतले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था नदेखिएको तथा धरौटी माग गर्नुपर्ने कानुनी आधारसमेत पर्याप्त नभएको उल्लेख गर्दै उनीहरूलाई साधारण तारिखमा राख्ने निर्णय गरेको जनाएको छ ।

यही प्रकरणमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई भने सर्वोच्च अदालतले विशेष अदालतको धरौटी आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश दिएको छ ।

अदालतले आदेशमा आरोपितहरू खरिद प्रक्रियाका अन्य चरणमा प्रत्यक्ष संलग्न रहेको प्रमाण तत्काल प्राप्त आधारमा नदेखिएको, उनीहरूको पदीय जिम्मेवारी र कार्यप्रकृतिलाई समेत विचार गर्दा विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) अनुसार तारिखमा राखेर मुद्दा अघि बढाउन सकिने अवस्था रहेको उल्लेख गरेको छ ।

उक्त दफाअनुसार मुद्दाका पक्षलाई थुनाबाहिर राखी आवश्यक पर्दा अदालतमा झिकाउन सकिने व्यवस्था छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगले आरोपितहरूसँग कुल ८ अर्ब ३६ करोड रुपैयाँ विगो मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट