२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

१९ लाख ५२ हजार नेपाली रुपैयाँ सहित हुण्डी कारोबारमा संलग्ग एक व्यक्ति पक्राउ

आइतवार , जेठ २४, २०८३

रसुवा/ रसुवा बाट काठमाडौ आउदै गरेको एक व्यक्ति अवैध रकम सहित पक्राउ परेका छन । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित धुन्चेबजारबाट हुण्डी रकमसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो  । पक्राउ पर्नेमा गोसाईंकुण्ड–३ घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरुङ छन्।

जेठ २३ मा स्याफ्रुवेशीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार आरोपीको साथबाट १९ लाख ५२ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । प्रहरीले उनीविरूद्ध हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट