२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

दुर्गा प्रसाईँको रिटमाथि आज सुनुवाइः न्यायाधीश शर्मा र पोखरेलको इजलासमा पेसी

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । सुनुवाइ न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा हुने भएको हो ।

अदालतले सोमबार महान्यायाधिवक्ताको कार्यालयमार्फत सम्बन्धित फाइल झिक्न आदेश दिएको थियो । यसअघि प्रारम्भिक सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा अदालतले फाइल मगाउन आदेश जारी गरेको हो ।

प्रसाईँको हकमा उमा प्रसाईँले जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । उनी पक्राउ पर्नुअघि फागुन १ गते आफ्नो धरपकड रोक्न अदालतमा रिट दायर गरेकी थिइन् । सो रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोग र जिल्ला प्रहरी परिसरसँग लिखित जवाफ मागेको थियो ।

दुर्गा प्रसाईँले दायर गरेका दुई वटा रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ । यसअघि माघ २३ गते पक्राउ परेकी प्रसाईँ हाजिर जमानीमा रिहा भएकी थिइन् । त्यसबेला उनको निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई प्रहरीले साइबर ब्यूरोमार्फत अनुसन्धान गरेको थियो ।

प्रसाईँप्रति प्रहरीले फागुन २१ मा हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्ने आशंकामा पटक–पटक पक्राउ गरेको थियो । माघ ५ गते पनि पोखराबाट पक्राउ परेकी उनले बयान दिइसकेपछि रिहा पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट