logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारततर्फ लगिँदै गरेका चार युवतीको उद्धार

    भारततर्फ लगिँदै गरेका चार युवतीको उद्धार

    4.2K
    Shares

    कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ ।

    शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । 

    पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताए ।

    अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend