साविक विजेता नोभाक जोकोविच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
२२ वर्षका क्यानडिन खेलाडी डेनिस शपोभालोभलाई पराजित गर्दै जोकोविच २० औँ ग्राण्डसलाम उपाधिको नजिक पुगेका हुन् । यससँगै पाँच पटकका च्याम्पियन जोकोभवच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् । जोकोविचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए ।
३४ वर्षे जोकोविचले डेनिसलाई ७-६, (७-३), ७-५ र ७-५ को सेटमा पछि पारे । जोकोविचले उपाधिका लागि आइतबार इटालीका मातेओ बेर्रितिनीसँग प्रतिस्पर्धा गर्ने छन् ।
मातेओले पोल्याण्डका हुबर्ट हुर्काजलाई ६-३, ६-०, ६-७ र ६-४ को सेटमा पराजित गरेका हुन् । सातौँ बरियताका मातेओ पुरुष एकल तर्फ फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी हुन् । २५ वर्षका उनी सन् १९७६ यता ग्राण्डसलामको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी हुन् ।
मातेओले पाँच विम्बल्डनसहित कुल १९ ग्राण्डसलाम विजेतासँग प्रतिस्पर्धा गर्ने छ । सो खेलमा जित निकालेमा दुवै खेलाडीका लागि कीर्तिमानी हुने छ ।