एजेन्सी । कोपा अमेरिकाको तेस्रो स्थानको लागि भएको खेलमा पेरुलाई हराउँदै कोलम्बियाले जितेको छ । शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।
कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो ।
ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थयो ।
दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए ।
लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।
अब फाइनल खेल आइतबार बिहान घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।