२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीलाई आईजीपीको निर्देशन

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताएका छन् ।

निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्यका माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिए ।

साथै उनले सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै रणनीतिसहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए। प्रहरी महानिरीक्षक कार्कीले भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट