काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी सचिवालयले हालै गरेको नेताहरूको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले एमालेको पछिल्लो कार्यविभाजन पारदर्शी र नीतिसम्मत नभएको संकेत गरेका हुन् । उनले पार्टीको यो कदमलाई सैनिक संगठनको कार्यशैलीसँग तुलना गर्दै एमालेभित्र सोच्ने र नीति निर्माण गर्नेभन्दा पनि केवल आदेश पालना गर्ने र लड्ने संस्कृतिलाई बढावा दिइएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, “एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै। अब एमाले कसरी बन्छ भनेर एआईलाई सोध्नुपर्ने अवस्था आयो ।
बास्कोटाले पार्टीको आन्तरिक जिम्मेवारी बाँडफाँडमा कुनै स्पष्ट सिद्धान्त वा मापदण्डले काम नगरेको दाबी समेत गरेका छन् । एमाले सचिवालयको बैठकले हालै मात्र शीर्ष नेतादेखि केन्द्रीय सदस्यहरू सम्मको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजनको टुंगो लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस