काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ८ जना उम्मेदवार सर्टलिस्टमा परेका छन् ।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि ८ जना उम्मेदवारलाई छनोट गरेको हो ।
सर्टलिस्टमा सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखत बहादुर शाही, मनोज पौडेल र इन्जिनियर मधु प्रसाद भेटुवाल रहेका छन् ।
समितिका अनुसार उम्मेदवारहरूको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ७ र ८ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ । पहिलो दिन चार जना र दोस्रो दिन बाँकी चार जना उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइनेछ ।
प्रत्येक उम्मेदवारका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित हुन समितिले आग्रह गरेको छ । उम्मेदवारहरूले व्यावसायिक कार्य योजनाको सफ्टकपी तथा आवेदनसँग पेस गरेका सबै कागजातको सक्कल प्रति साथमा ल्याउनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस