२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मतदानप्रति उत्साह : तीन महिनामा पुन:नेपाल आए इनास ग्लोबलका महासचिव तिवारी

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलका महासचिव तथा कलाकार प्रकाश तिवारी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न नेपाल आइपुगेका छन्।

लामो समयदेखि युरोपमा बसोबास गर्दै आएका तिवारीले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउनु प्रत्येक नागरिकको कर्तव्य भएकोले आफू नेपाल आएको बताएका छन् ।

उसो त, उनी तीन महिना अघि मात्र मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पनि नेपाल आएका थिए । विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र सामाजिक अभियानमा सक्रिय तिवारीले विश्वभरका नेपाली कलाकारलाई एकताबद्ध गर्दै सांस्कृतिक पहिचान प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

मतदानबारे तिवारीले भने, “मत अधिकार प्रयोग गर्नु केवल अधिकार मात्र होइन, यो हाम्रो दायित्व पनि हो। हामीले दिने एक–एक मतले देशको नीति, नेतृत्व र भविष्य निर्धारण गर्छ।”

[caption id="attachment_405257" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption]

विदेशमा रहेर पनि देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आफ्नो दायित्व महसुश गर्ने उनी जस्ता कयौँ नेपालीहरु अहिले नेपाल फर्किएका छन् ।

देशभित्र चुनावी सरगर्मी बढ्दो छ । रोजगारी, अध्ययनलगायत प्रयोजनका लागि देशबाहिर पुगेका नेपालीलाई पनि यो माहोलले नछुने भने पक्कै भएन। कतिपयले विदेशबाट सामाजिक सञ्जालमा अभिव्यक्त मात्रै दिएका छैनन्, भोट हाल्नकै लागि स्वदेश फर्किएका पनि छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन विभागका अनुसार पछिल्लो एक महिना (१२ माघदेखि १२ फागुनसम्म) मा एक लाख ५६ हजार २४१ नेपाली विदेशबाट फर्किएका छन् ।

अहिले हवाईमार्गबाट नेपाल आउने टिकटसमेत पाउन मुस्किल रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । चुनावी समय र पर्यटकीय सिजन एकैपटक परेकाले सजिलै टिकट नपाइरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट