भारतको केरलमा १४ जनामा जीका भाइरसको संक्रमण पुष्टि भएको छ ।
केरलमा १४ जनामा जीका भाइरस पुष्टि भएपछि दक्षिणी राज्य केरल र तमिलनाडुमा हाइ अलर्ट जारी गरिएको छ । केरलमा भेटिएको सबै भाइरसको पुष्टि पुणेको नेश्नल इस्चिट्यूड अफ भाइरोलोजीले गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
जीका भाइरस एडीस नामक लामखुट्टेको टोकाइबाट फैलन्छ । यही लामखुट्टेको टोकाइबाट डेंगु र चिकुनगुनिया फैलन्छ ।