२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रधान सेनापतिद्वारा मध्यपृतना मुख्यालयको निरीक्षण

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

त्यस क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए । उनले प्रदेश कमान्डपोस्ट र निर्वाचन सेलका पदाधिकारीसँग अन्तरक्रियासमेत गरेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट