२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

आइतवार , फाल्गुण १७, २०८२

काठमाडाैं । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समदायले मौलिक धर्मसंस्कृतिको जगेर्ना गर्दै हर्षाेल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् । हाम्रो क्लव–अस्ट्रेलियाले फागुपूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती र वृद्धवृद्धासमेतको उल्लेख्य सहभागिता थियो ।

सिड्नीस्थित नेपाली समुदायका अगुवा एवम् फागु पर्व आयोजक विवेक सापकोटाका अनुसार सनातन धर्मसंस्कृतिको जगेर्ना, नेपालीबीच भाइचाराको सम्बन्ध विस्तार र मनोरञ्जन प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सोचेभन्दा बढी नेपालीको उपस्थिति थियो ।

उनले विशेषगरी फागु पर्वसँग सम्बन्धित नेपाली गीतसङ्गीतको तालमा नाचगान गर्दै विशेष खाद्य परिकार ग्रहण गरी पर्व मनाएको नानकारी दिए ।

आयोजक सापकोटाले भने, “भौगोलिक रूपमा नेपालबाट टाढा रहेपनि धार्मिक तथा सांस्कृतिक हिसावले हामीजस्ता परदेशीको मन नेपालमै छ । फागु पर्वको उपलक्ष्यमा सिड्नी सहरसहित आसपास बसोबास गर्ने नेपाली समुदायको उपस्थितिमा हर्षाेल्लासका साथ फागु खेलेर पर्व मनायौँ । फागु पर्वका माध्यमबाट व्यस्त दैनिकीका बीच अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई एक ठाउँमा ल्याउन सफल भयौँ । अब अर्काे वर्ष गुणात्मक रूपमा अझ धेरै नेपालीलाई समेटेर मनोरञ्जनात्मक कार्यक्रमसहित फागु पर्व मनाउने सोच बनाएका छौँ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट