२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निर्वाचन सुरक्षाका लागि सीमा नाका ७२ घण्टा सिल, मौन अवधिमा शून्य सहनशीलता

मंगलवार , फाल्गुण १९, २०८२

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा जोडिएका पर्साका अन्तर्राष्ट्रिय नाकाहरू ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द (सिल) गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार मध्यरातदेखि फागुन २१ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले भारतको विहार राज्यअन्तर्गतका पूर्वी र पश्चिम चम्पारण जिल्लासँग जोडिएका नाकाहरूबाट आवतजावत निषेध गरिएको जानकारी दिए।

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन दुवै मुलुकको आपसी सहमतिमा ७२ घण्टा सीमा सिल गर्ने परम्परागत निर्णय कार्यान्वयन गरिएको हो ।

निर्वाचन आयोगले सोमबार मध्यरातदेखि नै देशभर मौन अवधि सुरु भएको घोषणा गरिसकेको छ। यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसार, भाषण, भेला वा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, एसएमएस) मार्फत मत माग्न पाउने छैनन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आर्थिक चलखेल वा आचारसंहिता उल्लंघन भएमा उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म चुनाव लड्न नपाउने गरी कारबाही गरिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट