२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रतिनिधिसभा निर्वाचनः वीर अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम गठन

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।

वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो ।

औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट