२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

काठमाडौंका मतदान केन्द्रमा मतदान सामाग्री पठाउन सुरु

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान केन्द्रमा मतदान सामाग्री पठाउन थालिएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत मतदान केन्द्रमा आवश्यक जनशक्तिका साथै मतदान सामाग्री पठाउन थालिएको हो । फागुन २० गतेसम्म सबै मतदान स्थलमा आवश्यक पूर्वाधार तयार हुने बताइएको छ ।

निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदानस्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

१० वटा निर्वाचन क्षेत्रमा कूल ७ लाख १० हजार ७०८ जना मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट