२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा १० फिट अग्लो तारजाली

मंगलवार , फाल्गुण १९, २०८२

चितवन । प्रतिनिधि सभा निर्वाचनको मतगणना कडा सुरक्षा घेराभित्र हुने भएको छ । मतपत्र सुरक्षित राख्न चितवनका तीनवटै निर्वाचन क्षेत्रमा १० फिट अग्लो तारजाली लगाएर मतगणना स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत केदार पौडेलले जानकारी दिए ।

क्षेत्र नं। १ मा भुवानीशंकर कलेज खैरहनी, नं. २ मा उद्योग संघ चितवनको प्रदर्शनी केन्द्र र नं. ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा मतगणना हुनेछ । सबै स्थलमा सिसी क्यामेरा जडान गरिएको छ भने विद्युत् अवरोध नहोस् भनेर चार्जेबल बत्तीको व्यवस्था गरिएको छ ।

मतगणनामा खटिएका कर्मचारी र सुरक्षाकर्मीबाहेक अन्यलाई भित्र प्रवेश गर्न नदिइने व्यवस्था गरिएको छ । उम्मेदवारका प्रतिनिधिले भने तारजाली बाहिरबाटै मतगणना अवलोकन गर्न पाउनेछन् । अघिल्लो निर्वाचनमा भएको विवादपछि यसपटक सुरक्षा व्यवस्था थप कडा बनाइएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट