२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

धनुषामा शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते

मंगलवार , फाल्गुण १९, २०८२

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किँदा दुई जना बालबालिका घाइते भएका छन्।

घाइते हुनेमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेल र स्थायी घर गुल्मी भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझी रहेका छन् ।

आशाको दायाँ–बायाँ खुट्टामा सामान्य चोट लागेको भने सुशीलको हात, खुट्टा र छातीमा सामान्य चोट लागेको छ। दुवै जनाको स्थानीय मेडिकल, जमुनिवासमा उपचार भइरहेको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेशबहादुर बमले प्रारम्भिक अनुसन्धानका क्रममा पड्किएको वस्तु ‘पटका जस्तो’ देखिएको बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट