२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मतदान पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भयो : आयोग

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरु सम्पन्न भइसकेको जानकारी दिए । आयोग सम्पूर्ण रुपमा मतदान केन्द्रमा केन्द्रित भएको भन्दै उनले मतदान केन्द्रको हाता तोक्ने, निषेधित क्षेत्र तोक्ने सूचना टाँस्ने लगायतका कामहरु भएको बताए ।

आयोगले अहिले जिल्ला तह र मतदान केन्द्र तहबाट आएका विभिन्न विषयहरूलाई सम्बोधन गर्ने काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टराईले निर्वाचन पर्यवेक्षणका लागि आएका विदेशी प्रतिनिधिहरुलाई सहजीकरण गर्ने काम भइसकेको भन्दै निर्वाचनमा पाँच हजारभन्दा बढी पर्यवेक्षकहरू परिचालन हुने उल्लेख गरे ।

त्यस्तै उनले अहिले मौन अवधि भएकाले यसबीचमा आएका आचारसंहिता उल्लङ्घनका घटनाहरूमा आयोगले कानूनबमोजिम काम गरिरहेको जानकारी दिए ।

त्यसैगरि निर्वाचन सुरक्षाका लागि भरपर्दो प्रवन्ध गरिएको र सरकारका तर्फबाट पनि सुरक्षाका सवालमा सक्रियतापूर्वक काम भएको उनले बताए । प्रवक्ता भट्टराईले फागुन २१ गते आफ्नो मत बदर नहुने गरी मतदान गर्न अनुरोध समेत गरे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट