२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

युबिन तामाङको मृत्युः बेलायती अदालतद्वारा र्‍यापर जस्टिन क्लार्क ‘गेट्स’ लाई १२ वर्ष कैद

बुधवार , फाल्गुण २०, २०८२

लन्डन । गेट्स (जस्टिन क्लार्क–स्यामुएल) लाई ‘हिट एन्ड रन’ दुर्घटनामा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको ज्यान गएको घटनामा १२ वर्षको जेल सजाय सुनाइएको छ ।

ओल्ड बेली अदालतले उनलाई जेल सजायसँगै आगामी १७ वर्षसम्म सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्धसमेत लगाएको छ ।

घटना १८ अक्टोबर २०२५ को साँझ उत्तर–पूर्वी लन्डनको इलफोर्डस्थित रेडब्रिज लेन इष्टमा भएको थियो । ३० माइल प्रतिघण्टा गति–सीमा रहेको सडकमा उनले ६० माइलभन्दा बढी रफ्तारमा बीएमडब्लु कार चलाएर सडक पार गर्दै गरेका युबिनलाई ठक्कर दिएको अभियोजन पक्षको दाबी छ । ठक्करपछि उनी घटनास्थलबाट फरार भएका थिए । गम्भीर घाइते युबिनको दुई दिनपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अदालतमा प्रस्तुत प्रमाणअनुसार उनी मद्यपानपछि सवारी चलाइरहेका थिए र सीसीटीभी फुटेजमा ड्राइभिङ अत्यन्त जोखिमपूर्ण देखिएको उल्लेख गरिएको छ । सुनुवाइका क्रममा मृतकका परिवारले भावुक बयान दिँदै एकमात्र सन्तान गुमाउनु परेको पीडा व्यक्त गरेका थिए ।

दोषी ठहरिएका र्‍यापरले अदालतमा आफूलाई “गहिरो पछुतो लागेको” भन्दै पीडित परिवारसँग माफी मागेका छन् । उनले खतरनाक ड्राइभिङ, मद्यपान सेवन तथा ठक्कर दिएर फरार भएको अभियोग स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट