पर्सा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।
गाडीमा केही शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।
यसअघि जनता समाजवादी पार्टी नेपालका सिराहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पनि मौन अवधिमा नगदसहित पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस