२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

धार्मिक हिंसा भड्काउने षड्यन्त्र असफलः सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा सुनिश्चित गर्न खटिएको सेनाले वीरगंजमा आतंक फैलाउने र सम्भावित धार्मिक द्वन्द्व निम्त्याउने योजना बनाएको समूहलाई नियन्त्रणमा लिएको छ ।

चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोलीले राति १२ः३० देखि २ः३० बजेसम्म वीरगंज–१६ छप्कैया चोकमा समूहका सदस्य र बन्दोबस्तीको सामान नियन्त्रणमा लिएर पर्सा प्रहरीलाई बुझाएको छ ।

उनीहरुसँग ठूलोमात्रामा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो रंगको तार र सुंगुरको टाउको बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट