काठमाडौं । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार बिहान मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सबै व्यवस्थाको समीक्षा गरिएको हो।
बैठक गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा लगभग तीन घण्टा चलेको बैठकमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो क्षेत्रमा सुरक्षा र निर्वाचन सामग्री मतदान स्थलसम्म सुरक्षित रूपमा पुर्याइएको जानकारी दिएका थिए।
मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यका अनुसार, छलफलमा निर्वाचन तयारी, सुरक्षा, शान्ति अवस्था र केन्द्र–जिल्ला समन्वयबारे समीक्षा गरिएको थियो। गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन निर्देशन दिँदै, सबै जिल्लाका अधिकारीहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस