काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर–२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रबाट उनले बिहान ७ बजे नै मतदान गरेका हुन् । भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका शाह अन्य मतदातासँगै लाइनमा उभिएर पालो कुर्दै मतदान गरेका थिए ।
झापा क्षेत्र नम्बर–५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका उनी काठमाडौंमा मतदाता भएकाले भने आफ्नै उम्मेदवारीमा मत हाल्न पाएनन् ।
प्रतिक्रिया दिनुहोस