२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मतदान केन्द्र नजिकै बम भेटिएपछि मुगुको गिलाहामा त्रास, मतदाताको उपस्थिति न्यून

बिहिवार , फाल्गुण २१, २०८२

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–८ स्थित गिलाहा क्षेत्रमा फेला परेका दुईवटा बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बालज्योति माध्यमिक विद्यालयमा रहेको निर्वाचन बुथ नजिकै दुई स्थानमा राखिएका शंकास्पद वस्तु (बम) लाई सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको हो ।

बम राखिएको सूचना पाएलगत्तै सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो। बम निष्क्रिय पारिए पनि स्थानीय अन्य स्थानमा समेत शंकास्पद वस्तु हुनसक्ने अपुष्ट खबरले सर्वसाधारणमा त्रास फैलिएको छ ।

स्थानीय धर्मराज शाहीका अनुसार बम भेटिएपछि मतदाताहरू त्रसित भएका छन्, जसका कारण मतदान केन्द्रमा मतदाताको उपस्थिति तुलनात्मक रूपमा न्यून देखिएको छ ।

सुरक्षा निकायले उक्त क्षेत्रलाई घेरा हाली निगरानी बढाएको छ भने अन्य शंकास्पद स्थानहरूमा समेत खानतलासी र जाँच तीव्र पारिएको जनाएको छ । निर्वाचनलाई मध्यनजर गर्दै सो क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट