खजुरा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् ।
नेपालगञ्ज–७ निवासी दिवङ्गत ८४ वर्षीय कमल राणाका छोरा सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका परिवारका सदस्यहरूले उक्त मतदान केन्द्रमा मतदान गरेका छन् ।
यसैगरी नेपालगञ्ज–६ निवासी दिवङ्गत ९६ वर्षीया रामप्यारी कुर्मीका छोरा माधवराम बर्मासहित मातृ शोकमा रहेका उनका परिवारका सदस्यहरूले नेपालगञ्ज–७ स्थित हडियाबाबा मठ केन्द्रमा मतदान गरेको उक्त केन्द्र (ख)का सहायक मतदान अधिकृत अल्का मिश्रले जानकारी दिए ।
जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा आज बिहानदेखि मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरी, शासस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस