logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युरोकप : गोल्डेन बुट अवार्ड रोनाल्डोलाई, पेड्री उत्कृष्ट युवा खेलाडी

    युरोकप : गोल्डेन बुट अवार्ड रोनाल्डोलाई, पेड्री उत्कृष्ट युवा खेलाडी

    2.3K
    Shares

    एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका छन् ।

    युरोकपमा रोनाल्डोको यो पहिलो गोल्डेन बुट अवार्ड हो । उनले चार खेलमा पाँच गोल र एक असिस्ट गरेका थिए । 
    चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए । उनले सिल्भर बुट जितेका छन् । 

    pedri.jpg

     स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

    १६ औँ संस्करणको युरोकपमा सबैभन्दा धेरै गोल गर्ने टिम स्पेन बनेको छ । उसले ६ खेलमा १३ गोल गरेको छ भने दोस्रोमा इटाली रहेको छ । इटालीले ७ खेलमा १३ गोल गरेको हो । 

    युरोकपको उपाधि भने इटालीले जितेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend