काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । सर्वोच्चले मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन भनेको छ ।