काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछि रोइलो नगर्न आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सर्वोच्चको आदेश पछि कुरा बुझ्न र भनेकाे मान्न आग्रह गरेका हुन् ।
ट्विटरमा लेखेका छन्, ‘भनिन्छ-उत्तमले आफैँ कुरा बुझ्छ; मध्यमले अरूले भनेपछि बुझ्छ; अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन । सर्वोच्चको आदेश पछि कुरा बुझौँ/मानौँ । हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन, त्योभन्दा विकसित र परिमार्जित प्रणाली हो, धारा७६ (५) हाम्रो विशेष प्रावधान हो । रोइलो नगरौँ ।’