logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • इराककाे एक काेभिड अस्पतालमा आगलागी, ५० जनाभन्दा बढीकाे मृत्यु

    इराककाे एक काेभिड अस्पतालमा आगलागी, ५० जनाभन्दा बढीकाे मृत्यु

    3.2K
    Shares

    काठमाडाैं । इराककाे एक काेभिड अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढीकाे ज्यान गएकाे छ । इराककाे नसीरिया शहरकाे दक्षिणमा रहेकाे अल-हुसैन अस्पतालमा आगलागी भएकाे हाे ।

    आगलागी साेमबार अबेर नियन्त्रणमा आएकाे बीबीसीले उल्लेख गरेकाे छ । के कारणले आगलागी भयाे भन्नेबारे अहिलेसम्म केही जानकारी प्राप्त भएकाे छैन । सुरुवाती जाँचमा एक अक्सिजन ट्याङ्की विस्फाेट भएकाे बताइएकाे छ । 

    इराकका प्रधानमन्त्री मुस्तफा अल-कदीमी ले अस्पतालका प्रमुखलाई गिरफ्तार गर्नका लागि आदेश दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend