काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित २३ जनाले गद्दारी गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत २३ नेताको नाम सार्वजनिक गर्दै थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बैशाखी बन्ने र बधाई दिन आतुर नेता नेपालको लागि यो हर्षविभोरको क्षण भएको बताएका हुन् ।
त्यस्तै उनले जनादेश विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्ति ‘हलो ताछेर मुङ्ग्रो’ बनाए जस्तै भएको बताएका छन् ।
नले लेखेका छन्, ‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु.नेपालको निम्ति त यो हर्षविभोर क्षण होला । जनादेशविपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति ‘हलो ताछी मुङ्ग्रो’ बनाए जस्तै हो। यीनै २३ को गद्दारीको परिणाम त हो ।
नेकपा एमाले र अध्यक्षकाे नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाकाे बैशाखी बन्ने र पहिलाे बधाई दिन आतुर माधव कु.नेपालकाे निम्ति त याे हर्षविभाेर क्षण हाेला!जनादेशविपरित परमादेशबाट श्री शेबदेकाे प्रममा नियुक्ति”हलाे ताछी मुङ्ग्राे बनाएजस्तै”हाे।
यिनै २३काे गद्दारीकाे परिणाम त हाे! pic.twitter.com/04jLPHmAXC— Surya Thapa (@ThapajiSurya) July 13, 2021