काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
बुधबार सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार तोलामा १० रुपैयाँ बढेर चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।