काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोडेका छन् ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बालुवाटार छाेडेका हुन् ।
ओलीले बालुवाटार छाेड्दा युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन् । उनीहरुले नाराबाजी समेत गरेका थिए । ओली २०७४ फागुन ४ गते प्रधानमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका थिए । २०७८ असार ३० गते बालुवाटारबाट उनी आफ्नो निवास बालकाेट फर्किएका हुन् ।