काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न काेटेश्वर पुगेका छन् ।
नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपालनिवास कोटेश्वर पुगेका हुन् । प्रधानमन्त्री नियुक्त भएपछि देउवाले पहिलोपटक निवासमै पुगेर नेता नेपालसँग भेट गरेका हुन् ।
मंगलबार प्रधानमन्त्रीको शपथग्रहणलगत्तै नेपालले देउवालाई पहिलो बधाई दिएका थिए । ओली सरकारको बहिर्गमनमा विशेष भूमिका खेलेका नेपाललाई देउवाले सरकारमा आउन आग्रह पनि गरेका छन् ।