३० असार, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाको दरमा घटाएको छ ।
मूल्यवृद्धिको बिरोधमा उत्रिएका संयुक्त विद्यार्थी संगठनसँगको मागलाई सम्बोधन गर्दै निगमले मुल्य घटाइएको हो ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको छ । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम भएको छ ।