एजेन्सी । दक्षिण भारतको विशाखापटनममा माझीहरूले १,५०० किलोग्राम र लम्बाइ झन्डै १३ फिट भएको माछा समातेका छन् । निकै ठूलो माछा शार्क प्रजातिको हो ।
समुद्रमा फेला परेको उक्त माछालाई किनारामा ल्याउन उनीहरूलाई तीन घण्टा लागेको थियो।
तर त्यो खान मिल्ने माछा नभएको थाहा पाएपछि माछालाई फेरि समुद्रमै फ्याँकिएको थियो । तर, त्यो अवधिसम्म माछा भने मरिसकेको थियो । – बीबीसी नेपालीको सहयोगमा