काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।
बिहीबार सुन तोलाको ९३ हजार २ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।